हिमालयन एभरेष्ट इन्स्योरेन्सको स्वतन्त्र संचालकमा बिजय कुमार पन्त नियुक्त
१० बैशाख २०८०, आईतवार १०:०३
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालकमा बिजय कुमार पन्त नियुक्त भएका छन् ।
कम्पनीको वैशाख ६ गते बसेको संचालक समितिको बैठकले स्वतन्त्र विज्ञ संचालक पदमा बुढानिलकण्ठ नगरपालिका वडा नं. ९, सुकेधारा काठमाडौं बस्ने पन्तलाई ४ वर्षको लागि नियुक्त गरेको हो ।