कतारको दोहाबाट आएको जहाज काठमाडौं विमानस्थलमा ओभरसूट, हावाहुरीले दुई जहाज अवतरण गर्न सकेनन्

८ बैशाख २०८०, शुक्रबार १६:५४

काठमाडौं । आज अपरान्ह एक्कासी काठमाडौंमा हावाहुरी चलेको छ । ठूलो हुरीकै कारण कतारको राजधानी दोहाबाट काठमाडौंका लागि आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि ओभरशूट गरिएको छ ।

हवाको बहाव उच्च भएको कारण बोईङ ७५७ ड्रिमलाईनर जहाज काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न खोज्दा नसकेपछि ओभरसूट गरिएको हो । अटोपाइलटिङमा अवतरण गर्ने प्रयास गरेको जहाज हावाको गति उच्चसँगै हल्लिएपछि ओभरसूट गरिएको अनुमान गरिएको छ । यो समाचार तयार पर्दा काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हावाको गति १४ किलोनट रहेको छ ।
हावाहुरीकै कारण एक घण्टा १० मिनेट होल्डमा बसिसकेको जहाज पुनः बारामाथिको आकाशमाथि पुगेर फन्को मारिरहेको छ ।

त्यस्तै, दिल्ली काठमाडौंको उडानमा रहेको भिस्तारा एयरको जहाज पनि ५५ मिनेटदेखि बाराको माथि आकाशमै होल्ड भएर बसिरहेको छ । दुवै जहाज हावाको गति सुस्त हुने प्रतिक्षामा होल्ड भइरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*