२१ वाणिज्य बैंकले ९ महिनामा कमाए १ खर्ब ३७ अर्ब खुद ब्याज, नबिल सबैभन्दा अगाडी, स्ट्याण्डर्ड चार्टर्ड बैंकको बृद्धिद्धर उच्च

८ बैशाख २०८०, शुक्रबार १४:५७

काठमाडौं । नेपालमा सञ्चालित २१ वटा बाणिज्य बैंकहरुले चालु आवको तेस्रो त्रैमासिक अवधीसम्ममा कूल एक खर्ब ३७ अर्ब भन्दा बढि खुद ब्याज आम्दानी गरेका छन् । उनीहरुले सो अवधीमा करिब पाँच खर्ब ब्याज कूल आम्दानी गरी निक्षेपकर्तालाई बाँकी रहेको खुद ब्याज आम्दानी झण्डै डेढ खर्ब पुगेको तथ्याङ्कले देखाएको छ ।

समीक्षा अवधीमा बैंकहरुको खूद ब्याज आम्दानी २५.४३ प्रतिशलते बृद्धि भई एक खर्ब नौ अर्ब ८७ करोड ७७ तीन हजारबाट बृद्धि भई एक खर्ब ३७ अर्ब ८१ करोड ८८ लाख २५ हजार नाघेको छ । देशमा चरम आर्थिक संकट र ब्याजदर महंगो भएको भन्दै सर्वसाधारणहरुले आन्दोलन गरिरहेकै बेला बैंकहरुले भने ब्याजदरबापत सर्वसाधारणबाट झण्डै डेढ खर्ब कुम्ल्याएको तथ्य उजागर भएको छ ।

नेपालमा संचालनमा रहेका २१ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकहरुको खुद ब्याज आम्दानी अस्वाभाविक रुपमा बृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

विदेशी बैंकको रुपमा परिचय बनाएको स्टाण्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै खुद ब्याजद आम्दानी बृद्धि भएको छ । अघिल्लो आवमा जम्मा दुई अर्ब २७ करोड खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधीसम्म आईपुुग्दा चार अर्ब ४० करोड नघाएको छ । बैंकले सर्वसाधारणलाई थोरै ब्याज दिने र ऋणीहरुसँग महंगो ब्याजदर असुली गरेकोले बैंकको खुद ब्याजदर आम्दानी उल्लेख्य रुपमा बृद्धि भएको हो ।

दोस्रो ठूलो बृद्धि हुने बैंकको रुपमा लक्ष्मी बैंक परेको छ । सो बैंकको खुद ब्याज आम्दानी ६४.०७ प्रतिशतले बृद्धि भई दुुई अर्ब ५५ करोडबाट बढेर चार अर्ब १९ करोड पुुगेको छ । ब्याजदर बृद्धिदरका आधारमा तेस्रो स्थानमा रहेको एभरेष्ट बैंकको खुद ब्याज आम्दानी तीन अर्ब ५० करोडबाट बढेर पाँच अर्ब ५८ करोड पुुगेको छ । चौथो स्थानमा रहेको सरकारी लगानीको राष्ट्रिय बाणिज्य बैंकको खुद ब्याज आम्दानी छ अर्ब ३२ करोडबाट ५०.२२ प्रतिशतले बृद्धि भई नौ अर्ब ४९ करोड पुगेको छ ।

त्यस्तै, सानिमा बैंकको खुद ब्याज आम्दानी तीन अर्ब ३५ करोडबाट बढेर चार अर्ब ९३ करोड पुुगेको छ । सो बैंकको खुद ब्याज आम्दानी ४७.०९ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, एनएमबी बैंकको खुद ब्याज आम्दानी ४६.४७ प्रतिशतले बृद्धि भई चार अर्ब ४२ करोडबाट बढेर छ अर्ब ४८ करोड पुुगेको छ । त्यस्तै, नबिल बैंकको खुद ब्याज आम्दानी आठ अर्व ५२ करोडबाट बढेर १२ अर्व १० करोड पुुगेको छ । सो बैंकको खुद ब्याज आम्दानी ४१.८८ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, सनराइज बैंकको खुद ब्याज आम्दानी ३७.५२ प्रतिशतले बृद्धि भई तीन अर्व ५ करोडबाट बढेर चार अर्व १९ करोड पुगेको छ ।

समिक्षा अवधिसम्ममा नेपाल बैंकको छ अर्व ४९ करोड, सिद्धार्थ बैंकको छ अर्व ७ करोड, सिटिजन्स् इन्टनेशनल बैंकको ४ अर्व ३९ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकको ५ अर्व ४७ करोड रुपैयाँ, माछापुच्छ बैंकको ४ अर्व १३ करोड रुपैयाँ र कृषि विकास बैंकको ६ अर्व २४ करोड, हिमालयन बैंकको ६ अर्व ४९ करोड, प्रभु बैंकको छ अर्व ६८ करोड र एनआइसी एशिया बैंकको ९ अर्व २१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको तथ्थांकले देखाएको छ ।

त्यस्तै, २१ वाणिज्य बैंकहरुमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद ब्याज आम्दानी घटेको छ । बैंकको खुद ब्याज आम्दानी ०.८९ प्रतिशतले घटेर सात अर्व ८६ करोडबाट सात अर्व ७९ करोड पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*