प्रभु इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी लिन अनुरोध
८ बैशाख २०८०, शुक्रबार ११:२८
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितहरुलाई बीमा दाबी भुक्तानी लिन बाँकी बुझिलिन आग्रह गरेको छ ।
कम्पनीले विभिन्न समयमा परेको सम्पत्ति बीमा, इन्जिनियरिङ बीमा, मोटर बीमा, मरिन बीमा, हवाइ बीमा, विविध बीमा, बाली बीमा, पशु बीमा तथा माइक्रो बीमा दाबीहरुको दावी निवेदन प्राप्त भएको र सो पश्चात् सम्पर्कमा नआएका बीमितहरुको लामो समयदेखि भुक्तानी हुन बाँकी रहेको हुँदा दाबी फर्छ्यौट गर्न अनुरोध गरेको हो ।
सम्बन्धीत बीमितहरुले बीमा दाबी फर्छ्यौटका लागि आवश्यक कागजात सहित ३५ दिनभित्र कम्पनीको नजिकको शाखा तथा उप–शाखा कार्यालय वा कम्पनीको दावी विभाग केन्द्रीय कार्यालय तीनकुने, काठमाडौंमा सम्पर्क गरी बीमा वापतको रकम भुक्तानी गर्न सक्नेछन् ।