मातातिर्थ औँसीको अवसरमा आमालाई जीवन बीमा पोलिसी उपहार
काठमाडौंं । विभिन्न शुभ अवसरहरुमामा आफ्ना आफन्तलाई जिन्सी तथा अन्य उपहार भन्दा भावी सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ । जन्मदिन, बार्षिकोत्सव, न्वारानमा बीमा पोलिसी उपहार दिने चलनले देशमा बीमाको पहुँच बृद्धिमा केही न केही योगदान पुर्याएकै छ ।
यसैक्रममा सिद्धार्थनगर न।पा। वडा नं। २, रुपन्देही, कृष दहाल र कृष्टिना दाहालले आफ्नी आमा किसन दाहाललाई मातातिर्थ औसीको अवसरपारी सिटिजन लाईफ इन्स्योरेन्सको सिटिजन जीवन सारथी योजना विमालेख खरिद गरी हस्तान्तरण गरेका छन् । उक्त पोलिसी बुबा केशव दहाल, छोरी कृष्टिना दहाल र छोरा कृष दहालले प्रदान गरेका थिए ।
किशन भण्डारी ले मातातिर्थ औँसीमा पोलिसी उपहार पाउदा आफु खुशीले दंग भएको अनुभूति राख्दै बीमा पोलिसी उपहारले पाउँदा आफू, श्रीमान र आफ्ना सन्तानको समेत भविष्य थप सुनिश्चित भएको अनुभूति बताईन् । साथै सिटिजन लाईफ इन्स्योरेन्स बाट जीवन बीमाबारे थप सचेतना प्राप्त गरी बीमाबारे थप जानकारी प्राप्त भएको बताईन् ।
अन्य महंगा उपहारको साटो श्रीमतीको जीवन बीमा सम्बन्धी उपयुक्त पोलिसी खरिद गरी हस्तान्तरण गर्दा खासै ठूलो आर्थिक भार समते अनुभूति नगरेको उपहार दिने श्रीमान केशव दाहालले बताए ।