मातातीर्थ औशीको दिन आमालाई जीवन बीमालेख उपहार
हेटौडा । हेटौडा उपमहानगरपालिका १३ की सुप्रिमा लामाले आफ्नी आमा बबिता लामालाई मातातीर्थ औंशीको अवसरमा एशियन लाइफ इन्स्योरेन्सको जीवन बीमालेख उपहार दिएका छन् ।एशियन लाइफको हेटौडा शाखाबाट दश लाख रुपैयाँ बीमांकको १५ वर्षे अवधिको पेन्सन जीवन बीमा गराएर सुप्रिमाले आमालाई मातातीतर्थ औंशिको अवसरमा उपहार दिएकी हुन् ।
आमालाई बीमालेख उपहार दिन पाएकोमा खुशी साट्दै उनले भनिन्, आमाको मुख हेर्ने दिन कपडा, खानेकुराको साटो आमालाई जीवनभर उपयोगी हुने बीमा गर्न पाए राम्रो हुन्थ्यो भन्ने लागेर यो उपहार दिएकी हुँ । उनले आमाका लागी १५ वर्षकै किस्ता पनि आफूले नै भुक्तानी गरिदिने जानकारी दिए ।
एशियन लाइफको हेटौंडा शाखाका शाखा प्रमुख हिरालाल श्रेष्ठले मातातीर्थ औंशीको अवसरमा जीवन बीमा गेराईदिएर आमाको लागी बुढेशकालमा बचत तथा यस्ता चाडपर्वमा हुने खर्चलाई कम गरेर जीवनबीमा गरी आफू र आफ्नो परिवार ढुक्क रहनको लागी सुप्रिमा लामाले उदाहरणीय कार्य गरेकोमा धन्यवाद ज्ञापन गरे ।