राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था गम्भिर, एयर एम्बुलेन्सबाट भारत लगिँदै

६ बैशाख २०८०, बुधबार ०९:५५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि थप उपचारको लागि भारत लगिने भएको छ । हिजो राति अचानक शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएका राष्ट्रपति पौडेललाई आज थप उपचारको लागि भारत लैजान लागिएको हो ।

राष्ट्रपति पौडेललाई श्री एयरलाइन्सको जहाजलाई एयर एम्बुलेन्समा रुपान्तरण गरेर चिकित्सक तथा मेडिकल उपचारसहित भारतको नयाँदिल्लीस्थित सुविधा सम्पन्न अस्पतालमा उपचारको लागि लैजान लागिएको हो । शिक्षण अस्पतालले केही बताएको छैन । विगत एक सातादेखि पेट दुख्ने समस्याबाट पीडित पौडेलको पेटमा इन्फेक्सन देखिएको छ । इन्फेक्सन नघटेपछि उनलाई भारतको सरकारी अल इण्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार गराउन लैजान लागिएको पारिवारिक स्रोतले जनाएको छ ।

राष्ट्रपति पौडेल गत १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएको थियो । परिक्षणको क्रममा छातिको तल्लो भागमा पानी देखिएको छ । मेडिकलको भाषामा छातीको तल्लो भागमा पानी देखिनुको अर्थ निमोनिया, टिबी तथा क्यान्सर हुनसक्ने संकेत गर्छ । सो सम्बन्धमा अस्पतालले केही बताएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*