नेशनल लाइफ इन्स्योरेन्सको परिपालन अधिकृतमा प्रज्वलन सायमी नियुक्त
४ बैशाख २०८०, सोमबार १७:४०
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको परिपालन अधिकृतको रुपमा प्रज्वलन सायमी नियुक्त भएका छन् । कम्पनीको कम्प्लायन्स अधिकृतको रुपमा कम्पनीका सहायक महाप्रबन्धक सायमीलाई नियुक्त गरेको हो ।
यसअघि सो पदमा रहेका कम्पनीमा कार्यरत प्रतापमान श्रेष्ठले चैत २४ गतेदेखि लागूहुनेगरी सो पदबाट राजिनामा दिएकोमा सो पदमा सायमीलाई नियुक्त गरेको हो ।