युवा निर्देशक नबिन बिष्टको ‘पन्चेबाजा अए हेरन’ बोलको गित सार्वजनिक

४ बैशाख २०८०, सोमबार १५:४९

काठमाडौं । युवा कलाकार तथा निर्देशक नबिन विष्टको ‘पन्चेबाजा अए हेरन’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । नयाँ वर्ष २०८० को उपलक्ष्यमा एपि म्युजिक नामक युट्युव च्यानलबाट सो भिडियो सार्वजनिक भएको हो ।

संगितकार तथा शब्द रचनाकार अग्नि पराजुलिको शब्द संगित रहेको यस गितको निर्देशन नबिन विष्टले गरेका हुन् । निर्देशन गरेका विष्टले नेपाली बजारमा दर्जनौ संगितहरुको निर्देशन गरिसकेका छन् ।  उक्त म्युजिक भिडियोको छयाँकन दिपक गिरीले गरेका हुन् भने सम्पादकमा अमृत चापागाई रहेका छन् ।

भिडियोमा लोमश शर्मा , गिता ढुङ्गाना, शान्तिश्री परियार, बेनिसा पौडेल पुरुषोत्तम सुवेदी, मनोज बोहरा, युभि जंङ, मौसम खड्का लगायतका कलाकारको बेजोड प्रस्तुती रहेको छ । ऐपि म्युजिक युटुब च्यानलबाट सार्वजनिक भएको उक्त म्युजिक गितको रेकर्डिङ ए वन म्युजिसियन स्टुडियोमा गरिएको हो ।

दिपक सापकोटाको प्रोडक्सन रहेको म्युजिक भिडियोको पोष्ट प्रोडक्सन जनता डिजिटल फिल्मको रहेको छ भने संजिला विश्वकर्माको कोरियोग्राफर रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*