स्मार्टसेलको लाइसेन्स खारेज गर्ने तयारी, आज बोर्ड बैठक बस्दै

४ बैशाख २०८०, सोमबार ११:२८

काठमाडौं । नेपाल दुर सञ्चार प्राधिकरणले ३० अर्बभन्दा बढि कर बक्यौता भुक्तानी नगरेपछि स्मार्टसेलको लाइसेन्स खारेज गर्ने अन्तिम तयारीमा पुगेको छ । नेपाल दुर सञ्चार प्राधिकरण स्रोतका अनुसार स्मार्ट सेलले लामो समयदेखि कर भुक्तानी नगरेकोले करकै कारण लाइसेन्स खारेज हुने अवस्थामा पुगेको जनाइएको छ ।

स्मार्ट सेलका हजारौं ग्राहकहरु छन् । सो कम्पनीको म्याद यही बैशाख २ गतेसम्म थियो । स्मार्टसेलको लाइसेन्स खारेज गरेर सो कम्पनीका ग्राहकलाई एनसेलमा सार्ने तयारी भइरहेको अर्को सुचना प्राप्त भएकोछ । यद्यपि यस सम्बन्धी कुनै औपचारिक निर्णय भने भइसकेको छैन ।

यसअघि सरकारले किस्ताबन्दीमा बक्यौता राजश्व तिर्न मन्त्रिपरिषदबाट निर्णय गराएर छुट दिएको थियो । तर, सो अबधीमा पनि बक्यौता भुक्तानी नगरेपछि स्मार्ट सेलको लाइसेन्स खारेज गर्न लागिएको हो ।

उता, स्मार्ट सेलको लाइसेन्स खारेज गरेपनि सो कम्पनीबाट उठ्न बाँकी बक्यौता एनसेलबाट उठाउनुपर्ने आवाज भ्रष्टाचार विरोधी अभियान्ताहरुले औल्याएका छन् । स्मार्ट सेलमा एनसेलकै लगानी रहेकोले नेपालमा एउटा कम्पनीको नाममा अर्बौ रुपैयाँको कर बक्यौता रहने र अर्को कम्पनी निर्वाध रुपमा चल्न दिन नहुने भएकोले स्मार्ट सेलको कर एनसेलबाट असुल गर्न दवाव बढ्दै गएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*