दुई कम्पनीद्वारा सम्बन्धीत शेयरधनीहरुको खातामा लाभांश जम्मा
काठमाडौं । दुई कम्पनीले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । युनियन लाइफ इ्रन्स्योरेन्स र महालक्ष्मी विकास बैंकले आ–आफ्नै साधारण सभाबाट पारित भएको गत आवको बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको खातामा जम्मा गर्न सुरु गरेको हो ।
युनियन लाइफ इन्स्योरेन्सको गत माघ १० गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट पारित भएको ८.९७ प्रतिशत दरका बोनस शेयर नेप्सेमा सूचीकृत गराई सम्बन्धीत शेयरधनीहरुको खातामा पठाउन सुरु गरेको हो ।
साथै माघ १५ गतेसम्म कायम शेयरधनीहरुले सो बोनस शेयर पाउने तथा बोनस शेयरमा लाग्ने कर वापतको रकम शेयरधनीहरु स्वयंले नै तिनुपर्ने भएकाले कर बापतको रकम कम्पनीको नाममा रहेको प्रभु बैंकको खाता नम्बर ०८९००८९९५४१००१२१ वालिङ शाखामा जम्मा गर्नुपर्नेछ । साथै जम्मा गरेको भौचर कम्पनीको इमेल [email protected] मा पठाउनुपर्नेछ ।
त्यस्तै, महालक्ष्मी विकास बैंकले पनि पुष्न २९ गते सम्पन्न २१औं साधारण सभाबाट पारित भएको ४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको खातामा जम्मा गर्न सुरु गरेको छ । बैंकले चैत ३० गतेदेखि बुकक्लोज हुनुभन्दा अघिसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा पठाउन सुरु गरेको हो ।