नेपाल उद्योग बाणिज्य महासंघका नव निर्वाचित अध्यक्ष ढकालद्धारा पदभार ग्रहण

४ बैशाख २०८०, सोमबार ०७:२५

काठमाडौं । नेपाली उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार पदभार ग्रहण गरेका छन् । आइतबार महासंघको टेकुस्थित कार्यालयमा निवर्तमान अध्यक्ष शेखर गोल्छाले अध्यक्ष ढकाललाई पद हस्तान्तरण गरेसँगै पदभार ग्रहण गरेका हुन् ।

नेपाल उद्योग बाणिज्य महासंघको २०७१ सालमा संशोधन गरी बनाइएको विधानअनुसार ५७ औं वार्षिक साधारणसभाबाट यसअघिका बरिष्ठ उपाध्यक्ष ढकाल स्वतः अध्यक्ष बनेका हुन् ।

नव निर्वाचित अध्यक्ष ढकालले आफ्नो कार्यकालमा मुख्य रुपमा पाँच वटा विषयमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गरी सरकारसँग मिलेर काम गर्ने, देशमा लगानीको वातावरण बनाउने, सरकार र निजी क्षेत्र बीचको साझेदारी सुदृढ बनाई सहकार्य गर्ने, स्वदेशमा शिपयुक्त र दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्न भूमिका निर्र्वाह गर्ने बताएका छन् ।

अध्यक्ष ढकालले निजि क्षेत्रलाई सरकारले सम्बोधन गर्न सक्ने ठाउँमा पुर्याउने बताएका छन् । अध्यक्ष ढकालले महासंघलाई ठूला, साना र मझौला सबै उद्योगी, व्यवसायीको साझा चौतारीका रुपमा स्थापित गर्ने प्रतिबद्धता पदभार ग्रहण गर्दा व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*