सन नेपाल लाइफको लगानीको दायरा ४६ प्रतिशतले बृद्धि, कुन क्षेत्रमा कति ?

३ बैशाख २०८०, आईतवार १७:४१

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लगानीको दायरा ४६.७३ प्रतिशतले बढाएको छ । कम्पनीले सरकारी ऋणपत्र तथा बन्ड, वाणिज्य बैंकको मुद्धति निक्षेप, विकास बैंकको मुद्धति निक्षेप, फाइनान्सको मुद्धति निक्षेप, वाणिज्य बैंकको ऋणपत्र, विभिन्न कम्पनीका शेयर र अन्य निक्षेप लगायतका विवरणमा कुल ६ अर्व १ करोड ४३ लाख ८६ हजार रुपैयाँ लगानी गरेको हो ।

कम्पनीले पाँचौ र छैठौं बार्षिक सााधारण सभा सम्पन्न गरेको छ । कम्पनीले साधारण सभाबाट आ.व २०७७।०७८ र २०७८।०७९ को संचालक समितिको वार्षिक प्रतिवेदनहरु, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७७।०७८ र २०७८।०७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदनहरु पारित गरेको छ ।

पारित प्रतिवेदन अनुसार कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ९ करोड ८९ लाख २१ हजार रुपैयाँ लगानी गरेको छ । गत वर्षको तुलनामा कम्पनीको लगानी १ अर्व ९१ करोड ५४ लाख ६५ हजार रुपैयाँले बढेको छ ।

यसका साथै, कम्पनीले यस आर्थिक वर्षमा ३ अर्व ४६ करोड, ९९ लाख रुपैयाँ बराबरको खरिद गरेको छ भने १ अर्व ९५ करोड ७५ लाख ७८ हजार रुपैयाँको विक्री गरेको छ । कम्पनीले सरकारी ऋणपत्र तथा बन्ड, वाणिज्य बैंकको मुद्धति निक्षेप, विकास बैंकको मुद्धनि निक्षेप, फाइनान्सको मुद्धति निक्षेप, वाणिज्य बैंकको ऋणपत्र र विभिन्न कम्पनीका शेयर लगायतका विवरणमा खरिद तथा बिक्री गरिएको लगानी पारित प्रतिवेदनले देखाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*