प्रधानमन्त्री हराएको सूचना दिँदै एमालेका सांसद रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पमकल दाहाल हराएको सूचना दिँदै खोजेर वानेश्वर स्थित संसद भवनमा बुझाउन आग्रह गरेका छन्।एमाले सांसद पन्तले प्रतिनिधिसभाको बारम्बारको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गर्दै यस्तो बताएका हुन् ।
उनले संसद भवमा ‘नागरिकताको नाम: श्री पुष्पकमल दाहाल, चलन चल्तीको नाम: प्रचण्ड, स्थायी ठेगाना स्फेरिराख्ने, अस्थायी ठेगाना स्कहिले खुमलटार, कहिले बालुवाटार, हुलिया स् पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरासुरुवाल र टोपी लगाउने, उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने । संसदमा उपस्थित नभएको कारण व्यग गरे ।
केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाऊ ।’ उनले भने