भूगोल इनर्जि डेभलपमेन्टको आईपीओ बाँडफाँड सम्पन्न
काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्टको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले चैत्र २३ गतेदेखि चैत्र २७ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरेको आईपीओ आज वैशाख ३ गते बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालमा बाँडफाँड भएको हो ।
क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १२ लाख ५४ हजार ६ आवेदन परेको थियो । ती मध्ये ११ लाख ५३ हजार ५ सय ८३ जनाको आवेदन मात्र सदर भएको क्यापिटलले जनाएको छ । जस मध्ये पनि योग्य आवेदकको संख्या ११ लाख ४९ हजार १ सय ५१ रहेको क्यापिटलले जनाएको छ ।
माग भन्दा बढीको आवेदन परेका कारण कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख ३४ हजार ६ सय ९९ जनाले सेयर पाएका छन् । यी मध्ये पनि भाग्यमानी ३ जनाले ११ कित्ताको दरले सेयर पाएका छन् ।