नेशनल लाइफद्धारा १४.५ प्रतिशत लाभांश घोषणा, ६.५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आवमा आर्जित मुनाफाबाट १४.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको गत चैत्र ३० गते बिहिवार बसेको बैठकले चुक्ता पुँजिको ८ प्रतिशत बोनस शेयर, ६.५ प्रतिशत नगद लाभांश र ०.४२१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पुँजि चार अर्ब ६४ करोड चार लाख ३१ हजार ८७५ रुपैयाँको आठ प्रतिशतले बोनस शेयर थप हुँदा कम्पनीको चुक्ता पुँजि पाँच अर्ब एक करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँ पुग्नेछ । यससँगै नेशनल लाइफको चुक्ता पुँजि नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेको पाँच अर्ब चुक्ता पुँजि पुरा भएको छ ।
मुलुकमा चरम आर्थिक संकटका बीचमा साढे छ प्रतिशत नगद लाभांश दिने घोषणा गर्न सफल हुनुलाई उत्साहप्रद रुपमा हेरिएको छ । कम्पनीले फ्युचर बोनस यसअघि नै गरिसकेकोले काम्पनीको मुनाफा प्रभावित नभएको हो । यस वर्ष बिरलै नगद मुनाफा वितरण गरिएकोमा नेशनल लाइफले थोरै भए पनि नगद लाभांश दिन सफल भएको विषयलाई महत्वपूर्ण सफलताको रुपमा हेरिएको छ । सिईओ सुरेश प्रसाद खत्री र अध्यक्ष प्रेमा राज्य लक्ष्मी शाहको नेतृत्वमा कम्पनीले सरल जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ ।