सञ्चार उद्यमी तिलक अधिकारी जनसेवाश्री पदकबाट विभुषित

२ बैशाख २०८०, शनिबार १२:११

काठमाडौं । पत्रकार तथा सञ्चार उद्यमी तिलक प्रसाद अधिकारी राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मानित भएका छन् । सञ्चार उद्यम र पत्रकारिताको माध्यमबाट नेपाली समाज र देशलाई पुर्याएको योगदानबाट सरकारले जनसेवाश्री पदकबाट विभुषित गरेको हो ।

संविधान दिवसको अवसरमा गत असोज ३ गते नेपाल सरकारले घोषणा गरेको मान पद्वी वितरण सम्बन्धी निर्णयमा अधिकारीको नाम जनसेवाश्री पदकबाट सम्मानित गर्ने निर्णय भएको थियो । हिजो आयोजित समारोहमा राष्ट्रपति पौडेलले ९८२ जनालाई सम्मान तथा पदक वितरण गरिएको थियो ।

हाल शक्ति एफएम, बिन्दबासिनी नेटवर्कले सञ्चालन गरेको भुगोल न्यूजडटकमका सम्पादकको रुपमा अधिकारी कार्यरत रहेका छन् । उनी बागमति टिभीका संस्थापक अध्यक्ष समेत हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*