केदार घिमिरे बने ०७९ को ‘वर्ष अभिनेता’

३० चैत्र २०७९, बिहीबार १६:३१

काठमाडौं । कलाकार केदार घिमिरे (माग्ने बुढा)ले वर्ष ०७९ सालको ‘वर्ष अभिनेता’को अवार्ड जित्न सफल भएका छन् । बक्स अफिस इन्टरनेसनल ग्रुपले घिमिरेलाई वर्ष अभिनेताको अवार्ड प्रदान गरेको हो ।

अवार्ड प्राप्त गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले आफू सानो कलाकार भएको र सानै भएर बाँच्ने रहर रहेको बताए । उनले आफू अहिलेको स्थानसम्म आइपुग्नुमा दर्शकको साथ र माया रहेको बताएका छन् ।

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र क्षेत्रका लागि वर्ष ०७९ सुखद रहेको बताए । ०७९ मा १० वटा चलचित्रले मुनाफा कमाएको भन्दै उनले यो खुसीको कुरा रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*