आइएमई पेको ‘तिमीलाई पनि, मलाई पनि’ नामक अफर सार्वजनिक

३० चैत्र २०७९, बिहीबार १२:४७

काठमाडौं । आइएमई ग्रूप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे”ले वालेट–टु–वालेट ट्रान्सफरलाई प्राथमिकता दिदै “तिमीलाई पनि, मलाई पनि” नामक अफर सार्वजनिक गरेको छ ।

२०७९ चैत २९ देखि २०८० भाद्र २६ (अप्रिल १२ देखि सेप्टेम्बर १२ २०२३) सम्म चल्ने सो अफरमा ग्राहकले आइएमई पेमा वालेट–टु–वालेट ट्रान्सफर अर्थात आइएमई पे वालेटबाट आइएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच –हेयलोउ आर.टि एल.एस.०५५ जित्ने मौका पाउने कम्पनीले जनाएको छ । सो अफर ५ महिनासम्म चल्ने छ र प्रत्येक महिनाको अन्त्यमा २ जना भाग्यशाली विजेता छनौट गरिनेछ । उक्त अफर अन्तर्गत पैसा पठाउने ग्राहकवर्गबाट एक जना तथा पैसा पाउने ग्राहकवर्गबाट एक जना विजेता गोलाप्रथाबाट छानिने छ ।

यस अफर अवधिभर वालेट–टु–वालेट ट्रान्सफर गर्नु हुने सम्पूर्ण ग्राहकहरुले सो पुरस्कार जित्न सक्नु हुनेछ । ग्राहकवर्गमा वालेट–टु–वालेट ट्रान्सफर (पि.टु.पि) सेवाको सहजता र महत्वको जानकारी प्रदान गर्नका साथै ग्राहकहरुलाई विधुत्तिय भुक्त्तानी माध्यम मार्फत कारोबार गर्न उत्प्रेरित गर्ने उदेश्यका साथ यो अफर सार्वजनिक गरिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*