महासंघको जिल्ला नगरमा सुरकृष्ण बैद्य निर्वाचित, ६ भोटले हारे सुमार्गी

३० चैत्र २०७९, बिहीबार ०६:२०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको हिजो सम्पन्न निर्र्वाचनमा जिल्लानगर उपाध्यक्षमा रामचन्द्र संघाई समुहबाट सुरकृष्ण वैद्य ४३ मत पाएर बिजयी भएका छन् । बैद्य अर्का बरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठको उम्मेदवार अरुणराज सुमार्गीलाई ६ मतले हराउँदै बिजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी अरुणराज सुमार्गीले ३७ मत पाएका छन् । सुमार्गी उमेशलाल समूहबाट उपाध्यक्ष लडेका दिनेश श्रेष्ठले ३४ मत पाएका छन् । श्रेष्ठ निवर्तमान जिल्ला नगर उपाध्यक्ष हुन् । महासंघभित्र मारवाडी र गैर मारवाडीको अभियान चलाएका संघाईले बरिष्ठ उपाध्यक्षमा महासंघमा प्रवेश गराउन सफल भएका छन् । संघाई पहिलो पटक महासंघका निर्वाचनमा लडेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*