राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठमाथि कारवाही गर्ने निर्णय, साधारण सदस्यता खारेज, पदबाट बर्खास्त

२९ चैत्र २०७९, बुधबार १९:४८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाका कुमार श्रेष्ठमाथि पार्टीले निर्मम कारवाही गरेको छ । दुई करोड घुस मागेको अडियो सार्वजनिक भए लगत्तै श्रेष्ठमाथि छानविन गरेको पार्टीले ७२ घण्टाभित्रैमा उनको पार्टी सदस्यता खारेज गर्दै सांसद पदबाट समेत बर्खास्त गर्ने निर्णय गरेको छ ।

आज बुधबार साँझ बसेको पार्टी केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने र सांसद पद समेतबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

पार्टीले दुर्गा प्रसाईसँग दुई करोड मागेको पुष्टि गर्दै भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोपमा कारवाही गर्ने निर्णय गरेको हो । हाल चितवन क्षेत्र नं २ को चुनावी अभियानमा रहेको रवि लामिछाने आज काठमाडौं आएर केन्द्रीय समितिको बैठकमा सहभागी भएका थिए । चितवनको चुनावी सभाहरुमा ७२ घण्टाभित्रैमा कारवाही गरिने बताउँदै आएका लामिछानेले अन्ततः भ्रष्टाचारीसँग कुनै प्रकारको सम्झौता नगरी कारवाही गर्ने निर्णय गरेका हुन् ।

हाल बैंकविरुद्धको आन्दोलनमा रहेका व्यवसायी दुर्गा प्रसाईसँग सांसद ढाका कुमार श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न लागेको र पार्टीलाई रकम बुझाउन भन्दै दुई करोड रुपैयाँ सहयोग माग गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*