अन्नपूर्णपोष्टद्धारा भ्रष्टाचार विशेषांक ‘शतखिल’ प्रकाशित, ७७ जिल्लाका १०० वटा भ्रष्टाचार काण्डको पर्दाफास

२९ चैत्र २०७९, बुधबार १८:४२

काठमाडौं । नेपाली पत्रकारिता क्षेत्रमा विरलै हुने अभ्यास हिजो प्रकाशित अन्नपूर्णपोष्ट दैनिकले गरेको छ । अखण्ड भण्डारी सम्पादक रहेको अन्नपूर्ण पोष्टको वर्ष २१, अंक ३३२ को चैत्र २८ गतेको नियमित अंकलाई भ्रष्टाचार विशेष अंकको रुपमा प्रकाशित गरेको हो ।

१२ पृष्ठको भ्रष्टाचार विरुद्धको विशेषांकमा ‘शतखिल’ एउटै शिर्षकमा नेपालका देशैभरिमा घटाइएका भ्रष्टाचारजन्य काण्डहरुको सूचि सार्वजनिक गरिएको छ । नेपालका चर्चित भ्रष्टाचारजन्य काण्डहरुको १०० वटा सूचिमा प्रत्येक जिल्लाबाट कम्तीमा एक वटाका दरले समावेश गरिएको छ ।

सो भ्रष्टाचार विशेषांकमा ‘अब बोलौं, मुख खोलौं’ शिर्षकको विशेष सम्पादकीय समेत प्रकाशित गरिएको छ । सो संस्करणमा भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय सञ्जाल ट्रान्सपरेन्सी इन्टरनेशनलकी अध्यक्ष पद्मिनी प्रधानाङ्गको समेत लेख प्रकाशित रहेको छ ।

अन्नपूर्णपोष्टले देशका ७७ वटै जिल्लाको १०० वटा भ्रष्टाचार काण्ड प्रकाशित गरेपछि अन्य सञ्चार माध्यमहरुलाई समेत यस्तै भ्रष्टाचार काण्डको पर्दाफास गर्न नैतिक दवाव परेको छ भने सम्पादकहरुको समेत ध्यानाकर्षण हुन पुगेको छ ।

 

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*