जगदुल्ला गाउँपालिकाद्वारा एकैपटक ५५९ घर परिवारको स्वास्थ्य बीमा

२९ चैत्र २०७९, बुधबार १४:३३

काठमाडौं । जगदुल्ला गाउँपालिका डोल्पाले सबै घर परिवारको स्वास्थ्य बिमा गरेको छ । गाउँपालिकाले एकैपटक ५५९ घर परिवारको स्वास्थ्य बीमा गरेको हो ।
स्वास्थ्य बीमा कार्यक्रमको महत्वलाई बुझेर गाउँपालिकाका सम्पूर्ण घरधुरी समेटिने गरी स्वास्थ्य बीमा गरिएको गाउँपालिकाले जनाएको छ ।

उक्त बीमा कार्यक्रममा सामुदायका सबै घरपरिवार स्वयम् आबद्ध हुने सम्भावना नभएपछि आबद्धता शुल्क पनि पालिकाले नै वेहोर्ने गरी कार्यक्रममा आबद्ध गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले स्वास्थ्य बिमाका लागि १९ लाख २८ हजार ८५० रुपैयाँ स्वास्थ्य बिमा बोर्डलाई भुक्तानी गरेको निमित्त प्रमुख प्रशासकीय केशवराज जैसीले अधिकृत जानकारी दिए ।

गाउँपालिकाका स्वास्थ्य संयोजक छिरिङ्ग बुढाले स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रम तय गर्दा स्वास्थ्य बिमा कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउने बताए। सेवा सुविधा राम्रो पाएमा यस कार्यक्रमलाई स्वयम् परिवारले नै निरन्तरता दिने उनको भनाइ छ ।

समुदायस्तरमा यस कार्यक्रमको महत्व र धारणाबारे सर्वसाधारणले बुझ्न नसकेकै कारण डोल्पामा बिमितको संख्या नबढेको स्वास्थ्य बिमा बोर्ड डोल्पाका संयोजक राजनकुमार डाँगीले बताए । स्वास्थ्य बिमा कार्यक्रम धेरै राम्रो कार्यक्रम भएकाले सुरुमा जिल्लाका सम्पूर्ण स्थानीय तहले सर्वसाधारणलाई कार्यक्रममा समावेस गराउनु पर्ने उनको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*