तारा चन्द केडियालाई ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डद्वारा सम्मानित

२९ चैत्र २०७९, बुधबार १०:३३

काठमाडौं । केडिया अर्गनाइजेशनका अध्यक्ष तारा चन्द केडियालाई ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डद्वारा सम्मानित गरिएको छ । केडियालाई सोमबार नेपाल चेम्बर अफ कमर्सले आफ्नो ५७ औँ वार्षिक साधारण सभाको अवसरमा सम्मानित गरेको हो ।

उनले मुलुकको उद्योग तथा व्यापार क्षेत्रको विकास तथा विस्तारमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन गरेको योगदानको कदर गर्दै पुरस्कृत गरिएको चेम्बरले जनाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा प्रधानमन्त्री प्रचण्डले अवार्ड ताराचन्द केडियालाई प्रदान गरि सम्मानित गरेको हो । उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका अध्यक्ष पनि हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*