क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सले पायो बीमा प्राधिकरणबाट लाईसेन्सको स्वीकृती
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा प्रधान कार्यालय रहेको क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड कम्पनीले बीमा प्राधिकरणबाट लघुबीमा कम्पनी संचालनमा लागि लाइसेन्स पाएको छ ।बीमा प्राधिकरणको आज बसेको संचालक समितिको बैठकले क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।
आवश्यक पूर्वधार पूरा गरेको हुँदा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको प्राधिकरणले जनाएको छ। अब उक्त दुई कम्पनीले आगामी छ महिनाभित्र कारोबार सुरु गनुपर्नेछ ।कम्पनीको सिईओ भने प्रतापमान श्रेष्ठ हुनेछ । श्रेष्ठको बीमा क्षेत्रमा तीन दशक लामो अनुभव छ ।
बीमा प्राधिकरणले सात वटा कम्पनीलाई लघुबीमाको लाइसेन्स दिन आवेदन माग गरेकोमा तीनवटा लघुबीमा कम्पनीलाई लाईसेन्स उपलब्ध गराएको छ ।
यसअघि प्राधिकरणले बिराटनगर कार्यालय रहेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी र भरतपुर चितवनमा कार्यालय रहने नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिईसकेको छ।