कुमारी बैंकले धितोमा राखेको एउटै ऋणीको १ सय भन्दा बढी सवारी साधन बिक्रि गर्दै

२८ चैत्र २०७९, मंगलवार १३:३०

काठमाडौं । कुमारी बैंकले धितोमा राखेको १ सय भन्दा बढी सवारी साधन लिलामी बिक्रि गर्ने भएको छ। बैंकले द हवि अटो ट्रेडिङ्ग प्रालिका ११८ वटा सवारी सम्पत्ति बिक्री गर्ने भएको हो ।
बैंकले शाखा कार्यालय विरगंज र सिर्सिया, पर्साको धितोमा रहेको सम्पति लिलाम बिक्री गर्ने बताएको छ । सञ्चालक मानन्धरलाई पटक–पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ ।

बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*