नेपाल कृषि सहकारी संघद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन

२८ चैत्र २०७९, मंगलवार १०:२३

काठमाडौं । नेपाल कृषि सहकारी संघ लिमिटेडले रिक्त रहेका ७ पदमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै बरिष्ठ कार्यक्रम प्रबन्धक देखि जेटि प्राविधिक पदहरुमा कर्मचारी माग गरेको हो ।

संस्थाले वरिष्ठ कार्यक्रम प्रबन्धक पदमा १ जना कर्मचारी माग गरेको छ । अनुभवि तथा अग्रेजी र नेपाली भाषाको ज्ञान भएको उम्मेदवारले प्राथमिकता दिइने संस्थाले जनाएको छ । संस्थाका अनुसार सो पदमा आवेदन दिनको लागि विज्ञान विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

साथै, संस्थाले (बित्त लेखा, बजार र कार्यक्रम) विभाग अन्र्तगत ९औ तहमा बरिष्ठ कार्यपक्रम प्रबन्धक पदमा १ जना, तालिम प्रमुखमा १ जना, कार्यक्रम अधिकृतमा २ जना, बीमा अधिकृतमा १ जना, लेखा सहायकमा १ जना र जेटी (प्रा.) पदमा १ जना गरी कुल ८ जना कर्मचारी माग गरेको छ । सो पदहरुमा अनुभवि र दक्षता हाँसिल गरेको उम्मेदवारलाई बढी प्राथमिकता दिने संस्थाले जनाएको छ ।

इच्छुक उम्मेदवार सूचना प्रकाशित मितिले ७ दिन भित्र आवश्यक कागजात मिलाई संस्थाको केन्द्रिय कार्यालय, धोविघाट, ललितपुर अथवा संस्थाको इमेल ठेगाना मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*