फागुन महिनामा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन २ अर्बमाथि, सानिमा जिआइसीको देखियो प्रगति (तथ्याङ्कसहित)
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनामा २ अर्ब ८१ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको तथ्याङ्कअनुसार १६ निर्जीवन बीमा कम्पनीले फागुन महिनामा मात्रै पौने ३ अर्बको व्यवसाय भित्र्याएका हुन् ।
कम्पनीहरुले फागुन महिनामा आर्जन गरेको यो कुल बीमा शुल्क आर्जन गत महिना अर्थात् माघ महिनाको तुलनामा ५.७१ प्रतिशतले कम हो । गत महिनामा कम्पनीहरुले २ अर्ब ९८ करोड ४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा फोर्स मर्जरको नीति अपनाएका कारण कम्पनीहरु भटाभट मर्जरको चटारोमा व्यवस्या नै खस्किएको तथ्याङ्कले देखाएको छ ।
१६ निर्जीवन बीमा कम्पनीमध्ये ९ कम्पनीको व्यवसायमा बृद्धि भएको देखिएको छ भने बाँकी सात कम्पनीको निर्जीवन बीमा ब्यवसाय खस्किएको देखिएको छ । अधिकांशको व्यवसाय खस्किँदा एक महिनाको अन्तरालमा सबैभन्दा बढी प्रगति गर्ने कम्पनीमा सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ । कम्नपीले माघ महिनाको तुलनामा फागुन महिनामा २०.२१ प्रतिशतले व्यवसाय बढाउन सफल भएको छ ।
माघ महिनामा फागुनमा सबैभन्दा धेरै व्यवसाय भित्र्याउने कम्पनीमा शिखर इन्स्योरेन्स नै रहेको छ । शिखरले फागुन महिनामा ३६ करोड ४५ लाख २० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २९ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।