जीवन बीमाको महत्व बुझेर प्रकाश र सरिताले एशियन लाइफमा गराइदिए छोराको ५० लाखको बीमा
काठमाडौं । जीवन बीमा किन गर्ने र के का लागि गर्ने भन्ने खालका जिज्ञासाहरु अझै पनि प्रशस्तै भेटिन्छन् । जीवन बीमा भविष्यमा हुन सक्ने आर्थिक जोखिमको भार हो ।
भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएका कारण मानिसहरुले बीमा गर्ने गर्दछन् । पछिल्लो समय जीवन बीमा गर्नेहरुको संख्या प्रतिशतमा समेत बृद्धि भएको देखिएको छ । यसैबीच पदमपोखरी हेटौंडाका प्रकाश गोङबा र सरिता पाख्रिनले आफ्नो छोरा प्रसित गोङबाको जीवन बीमा गराइदिएका छन् ।
उनीहरुले आफ्नो बच्चाको भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएका कारण एशियन लाइफ इन्स्योरेन्स हेटौंडा शाखामा ‘बाल उच्च शिक्षा जीवन बीमा योजना’ खरिद गरी बच्चाको बीमा गराइदिएका हुन् । प्रकाश र सरिताले एशियन लाइफमा ५० लाख रुपैयाँ बीमाङ्क रकम बराबरको बीमा गराइदिएका हुन् ।
एशियन लाइफ हेटौंडा शाखाका शाखा प्रमुख हिरालाल श्रेष्ठ र सहायक म्यानेजर शर्मिला बलामी समक्ष उनीहरुले उक्त पोलिसी खरिद गरिदिएका हुन् । छोराको भविष्य सुनिश्चित गर्नका लागि प्रकाश र सरिताले जीवन बीमाको महत्व बुझेर छोराको जीवन बीमा गराइदिएको स.म्यानेजर बलामीले बताइन् ।
कम्पनीको उक्त बीमा योजना बीमितहरुको रोजाइमा पर्ने पोलिसी हो । कम्पनीले समय सापेक्ष नविनतम जीवन बीमा योजना ल्याउने क्रममा आफ्नो सन्तानको उच्च शिक्षाको लागी आवश्यक पर्ने ठूलो खर्च रकमको सहज व्यवस्थापन गर्न सहयोग पुर्याउने उद्देश्यले यस योजना संचालनमा ल्याएको हो ।