नेपाल लाइफका एजेन्सी म्यानेजरले दिए बुबाको जन्मदिनमा बीमा पोलिसी उपहार

२६ चैत्र २०७९, आईतवार १०:११

काठमाडौं । हाम्रो समाजमा परम्परा देखि नै जन्मदिन,ब्रतबन्ध बिवाह, जस्ता शुभकार्यमा आफन्त तथा साथीहरुले उपहार दिने चलन रहेको छ । पहिले उपहार स्वरूप घरायसी तथा व्यक्तिगत प्रयोजनका सामाग्री दिने गरिन्थ्यो भने अहिले बचत र पारिवारिक सुरक्षाको कवजका रूपमा रहेको बीमा पोलिसी दिने प्रचलन बढ्दो छ ।

यसै क्रममा झापा बिर्तामोड न.पा.–१० निवासी नेपाल लाइफ इन्स्यारेन्सका एजेन्सी म्यानेजर द्धय बिशाल अधिकारी र बिक्रम अधिकारीले संसारकै प्रिय ब्यक्ती आफ्नो बुबाको जन्मोत्सवको अवसर पारेर नेपाल लाइफ इन्स्योरेन्सले भर्खरै बजारमा ल्याएको सुनौलो भविष्य जीवन बीमा योजना अन्तर्गत ७ लाख ३२ हजार रुपैयाँ बराबरको बीमा पोलिसी उपहार दिएका छन् । बिशालले भने बीमा पोलिसी उपहार दिँदा खर्च हुने ठाउँमा उपयोगी बचत साथै जोखिम बहन हुने भएकाले

सुभदिनको अवसरमा शुभकार्यको थालनी गरेको बताए । बढ्दो आर्थिक जिम्मेवारी र यसको जोखिम बहन गर्न जीवन बीमा एक सहज बचतको माध्यम भएकाले आफु र आफ्नाहरुका लागि आम्दानीका आधारमा केही रकम बीमामा बचत गर्नुपर्ने बानीको बिकास गर्न समेत बिशालले आग्रह गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*