एक बीमा कम्पनी एक अभिकर्ता बीमा अभिकर्ताको हितमा छैनः अध्यक्ष नन्दप्रसाद तिवारी
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघको दोस्रो अधिवेशन आजदेखि सुरु भएको छ । दुई दिने अधिवेशनमा आज बीमा प्राधिकरणका सञ्चालक कपिलदेव ओलीले उद्घाटन गरेर शुभारम्भ गरेको हो । प्राधिकरणका सञ्चालक कपिलदेव ओली संघका पूर्वअध्यक्ष पनि हुन्।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका सीईओ प्रवीणरमण पराजुली, एलआईसी नेपालका सीईओ लक्ष्मीप्रसाद (एलपी) दासलगायतका सीईओ, डीसीईओहरु पनि सहभागी थिए ।अधिवेशन उदघाटनका क्रममा बोल्दै नेपाल पेशागत बीमा अभिकर्ता संघका अध्यक्षले पेशागत बीमा अभिकर्ता संघलाई आज यहाँसम्म ल्याउन गरेको संघर्षको बारेमा कार्यक्रममा आफनो धारणा व्यक्त गरेका थिए । उनले कार्यक्रममा अभिकर्ता पेशाबाट अघि बढ्दै आज बीमा क्षेत्रको विभिन्न उच्चपद धारण गरेका कैयौं उदाहरण रहेको कार्यक्रममा बताए । उनले बीमा प्राधिकरणका संचालक कपिलदेव वली पनि अभिकर्ता संघको नेतृत्वबाट आज प्राधिकरणको संचालक जस्तो गरिमामय पदमा पुगेको जानकारी दिँदै अभिकर्ताहरुलाई अधिवेशनमा हैसला दिएका थिए ।
उनले अधिवेसनमा आफ्नो दुई बर्षे कार्यकालमा भए गरेका काम र प्रगति विवरण सार्वजनिक गर्दै यस पेशामा उच्च अध्ययन गरेका व्यक्तिहरु पनि क्रियाशील रहेको बताए । बीमा प्राधिकरणको नियमावलीमा हामीले जीवन बीमा अभिकर्ता पेशालाई थप व्यवस्थित बनाउन विभिन्न बुँदा थप गर्न निर्देशन दिएका छौ । हामी सबै मिलेर प्राधिकरणले ल्याउन लागेको नियमावलीको बिषयमा जागरुत गराउन आवश्यक रहेको छ’ अध्यक्ष तिवारीले बताए ।
बीमा प्राधिकरणले ल्याएको ‘एक कम्पनी एक बीमा अभिकर्ता’ नामक नाराले बीमा अभिकर्ता र बीमित दुबै मारमा परेको गुनासो पोखेका छन् । यसले बीमा अभिकर्ता मात्रै नभई बीमितको समेत इच्छाविरुद्ध भएको भन्दै कार्यक्रममा प्राधिकरणको नियम व्यवहारिक नभएको बताए । नयाँ नियम केही कम्पनीहरुलाई फाइदा हुने भएपनि बीमित हितको कोणबाट हेर्दा सबैलाई घाटा रहेको बताए ।
संघका अध्यक्ष नन्द तिवारीले बीमा अभिकर्ताहरुलाई पनि बीमा कम्पनीको शेयर सुरक्षित गर्नुपर्ने बताए । उनले ‘अब अभिकर्तालाई पनि कम्पनीको मालिक बनाउनुपर्छ, शेयर दिनुपर्छ’ भन्दै शेयर निष्काशन गर्दा वा पुँजी वृद्धि गर्नुपर्दा अभिकर्तालाई प्राथमिकता दिनुपर्ने बताए । अभिकर्ताहरुलाई पनि कम्पनीले शेयर छुट्याउनुपर्ने कुरा उनले कार्यक्रममा राखेका थिए ।
तिवारीले आफूहरुले २०५५ देखि २०७८ सम्म विभिन्न मुद्दामा आन्दोलनमा सरिक भएर कार्यक्रम सफल समेत भएको उदाहरण कार्यक्रममा राखेका थिए ।आन्दोलनका दौरानमा बीमितलाई बोनस न्यूनतम् दिएका कम्पनीहरुलाई अधिकतम् दिने बनाउन सफल भएको, नेपालका बीमा कम्पनीमा नेपाली सीईओ नै राख्ने व्यवस्था ल्याउन दबाब दिएको जस्ता बीमा क्षेत्र सुधारका कामहरु गर्दै आएको बताए ।
त्यस्तै,कार्यक्रममा एलआईसी नेपालका सिईओ दासले पछिल्लो समय बीमा प्राधिकरणले बीमा क्षेत्रको हितको लागि ल्याएको निति प्रति निकै प्रभाकारी काम गरेको अधिवेशनमा बताए ।बीमा अभिकर्ताहरु नै कम्पनीको खम्बा रहेको भन्दै जब खम्बा बलियो हुन्छ तब मात्रै कम्पनी बलियो हुन्छ भन्दै अभिकर्ताहरुको कामप्रति सम्मान गर्दै आफनो धारणा राखे । उनले कार्यक्रममा पछिल्लो समय अभिकर्ताहरुले कमीशनको लोभमा सट टम पोलिसी बिक्रि गर्दा पोलिसी सरेण्डर जस्ता समस्या देखिएको भन्दै लर्ग टम पोलिसीतर्फ अभिकर्ताहरुलाई ध्यान दिनतर्फ अग्रसर रह्न सुझाव दिए ।
अधिवेशनमा विभिन्न जिल्लाहरुबाट चार सय अभिकर्ता सहभागी थिए । ।