वैदेशिक रोजगारीमा गएका श्रमिकको परिवारलाई झुठो आश्वासन दिएर बीमा दाबी रकममा ठगी गर्ने ६ जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा गएका श्रमिकको परिवारलाई झुठो आश्वासन दिएर बीमा दाबी रकममा ठगी गर्ने ६ जना पक्राउ गरेको छ।वैदेशिक रोजगारीमा मृत्यु भएका वा नेपाल फर्केर केही समयपछि मृत्यु भएका नेपालीहरूले बीमा बापत पाउने बीमा रकम मृतकका आफन्तहरूलाई चाडौं नै दिने भन्दै ठगी गर्न सातजनालाई प्रहरीले प्रकाउ गरेको छ।
बीमाको रकममा ठगी गर्ने गिरोहीलाई आज काठमाडौंमा प्रहरीले प्रकाउ गरेको हो । प्रहरीले काठमाडौँको गोङ्गबुका रामबहादुर तामाङसहित ६ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।उनीहरुले वैदेशिक रोजगारीमा गई मृत्यु भएकाका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अपराध अनुसन्धान कार्यालयका अनुसार वैदेशिक रोजगारीको लागि विदेशमा काम गर्दा गर्दै विविध कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरूले बीमा बापत पाउने बीमा रकम उनीहरुको परिवारलाई छिटो दिने भन्दै ठगी गर्नेलाई प्रकाउ गरेको हो ।
त्यसबापत उनीहरुले प्रति मृतक ७ लाखसम्म ठगी गरेको खुलेको छ । यसबारे अपराध अनुसन्धान कार्यालयमा उजुरी परेपछि विशेष अनुसन्धान टोलीले उनीहरूको खोजतलास थालेको थियो ।पक्राउ परेकाहरूको साथबाट विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस, बीमा कम्पनीको लेटर प्याड लगायतका महत्त्वपूर्ण कागजात समेत बरामद गरेको छ । उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ।
वैदेशिक रोजगारमा गएकाहरुले वैदेशिक रोजगारको क्रममा अनिवार्य बीमा गराएको हुन्छ । वैदेशिक रोजगारमा जाने नेपाली श्रमीकले अतिरिक्त ७ लाख पनि पाउने व्यवस्था रहेको छ। मृत्यु भएमा स्वत पाइने रकममा पनि यो समूह भने मृतकको परिवारलाई पैसा दिने आश्वासनमा पैसा लुट्दै आईरहेका थिए ।
One thought on “वैदेशिक रोजगारीमा गएका श्रमिकको परिवारलाई झुठो आश्वासन दिएर बीमा दाबी रकममा ठगी गर्ने ६ जना पक्राउ”