सानिमा जिआइसी इन्स्योरेन्सले ५१ः४९ रेसियोमा शेयर संरचना कायम गर्ने
२४ चैत्र २०७९, शुक्रबार ११:३४
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सेयर संरचना रवर्तन भएको छ । कम्पनीले संस्थापक समूहतर्फको केही प्रतिशत शेयर हिस्सा सर्वसाधारणमा रुपान्तरण गरेको हो ।
परिमार्जनपछि कम्पनीको संस्थापक समूहतर्फको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत (५१ः४९) कायम भएको छ । यसअघि कम्पनीमा संस्थापक समूहको हिस्सा ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत रहेको थियो ।
साथै, सेयर परिवर्तन गर्न इच्छा नभएका संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र लिखित जानकारी गराउन कम्पनीले भनेको छ ।