भ्रष्टाचारका आरोपी र अक्षम कृष्णहरि पुस्करलाई अर्थमन्त्रालय सरुवा गर्न प्रम प्रचण्डमाथि भारतीय दवाव

२३ चैत्र २०७९, बिहीबार २२:२१

काठमाडौं । भारतीय एउटा विशेष टिमले प्रम प्रचण्डमाथि कृष्णहरि पुस्करलाई अर्थमन्त्रालयमा सरुवा गर्न निरन्तर दवाव दिइरहेको खुलेको छ । त्यो पनि असफल प्रमाणित भइसकेका, विगतमा भ्रष्टाचारमा मुछिएका जनार्दन शर्मासँगै आरोप लागेका र अक्षम कृष्णहरि पुस्करलाई पुनः अर्थमन्त्रालयमा भित्राउन प्रधानमन्त्री प्रचण्डमाथि चर्को दवाव बढिरहेको छ ।

स्रोतका अनुसार त्यसको लागि काठमाडौंस्थित भारतीय राजदूत नविन श्रीवास्तले प्रधानमन्त्री प्रचण्डकी पुत्री गंगा दाहालमार्फत लविङ गरिरहेको सूचना प्राप्त भएको छ । कुटनीतिकता नजानेकी दाहालले भारतीय दवावलाई प्रधानमन्त्री प्रचण्डमार्फत कार्यान्वयन गराउन सक्रिय भएर लागिरहेकी छिन् ।

प्राप्त विवरण अनुसार कृष्णहरि पुस्करलाई अर्थमन्त्रालयमा सचिवको रुपमा सरुवा गर्ने अन्तिम तयारी भइरहहेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत खासै अडान नभएको व्यक्ति भएकोले कुनै समस्या नरहेको र प्रधानमन्त्री प्रचण्डले एस भन्ने वित्तिकै पुस्करले अर्थमन्त्रालयमा हाजिर गराउने तयारी भइरहेको छ ।

भारतीय टिमले पुस्करलाई अर्थ मन्त्रालयको सचिव बनाउन दवाव दिनुको कारण खुलिसकेको छैन । विश्वस्त स्रोतका अनुसार यसै वर्ष सकिने काठमाडौंस्थित भारतीय दुताबासमार्फत पाँच लाख रुपैयाँसम्मको विकास आयोजना सिधैं वितरण गर्न पाउने सम्बन्धी सम्झौता नविकरणको लागि सहज होस् भन्ने उद्देश्यले प्रेरित रहेको छ ।

नेपालको मामलामा खुलेआम हस्तक्षेप गर्दै आएको भारतले आगामी असोजमा सकिने पाँच लाख रुपैयाँसम्मको विकास आयोजना सिधैं दुताबासले खर्च गर्न पाउने र त्यसको लागि नेपाल सरकारको अनुमति लिनु नपर्ने व्यवस्था भएको सम्झौता नविकरण गर्न अहिले देखि नै लाइन मिलाउन खोजिरहेको छ । त्यसो त हरेक क्याबिनेटमा आफ्नो एजेन्ट राख्ने भारतले यस पटक पनि महेन्द्र यादवलाई समावेश गरिसकेको छ ।

प्रधानमन्त्री प्रचण्डको अर्थमन्त्रालयमा सरुवा गर्न खोजेका कृष्णहरि पुस्कर विगतमा जनार्दन शर्माको पालामा तत्कालिन अर्थमन्त्री शर्मालाई भ्रष्टाचारमा फसाउने मुख्य पात्र हुन् । साथै ति पात्रबाट सूचना समेत चुहिएर देश विदेश पुग्ने गरेको छ । विश्वासै गर्न नसकिने पात्रलाई प्रधानमन्त्री प्रचण्डले रोक्न नसकेमा धरासायी बन्दै गएको देशको अर्थतन्त्र झनै भड्खालोमा पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*