भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?
काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा ३१ करोड १० लाख ४१ हजार रुपैयाँको आवेदन परेको छ । पहिलो दिनमै कम्पनीको आइपीओमा २ लाख ६१ हजार ४९६ जनाले ३१ लाख १० हजार ४१० कित्तका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २।३० गुणा बढी आवेदन हो ।
कम्पनीले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ जारी गरेको हो । यो मध्ये १०५ ९१ लाख ८ हजार ८११ कित्ता० वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । यस्तै, ५५ ९७१ हजार ९१६ कित्ता० सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यसमध्येबाट बाँकी रहेको १३ लाख ४६ हजार ९९३ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा चैत २७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले भूगोल इनर्जीलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत जनाउँछ । इक्रा नेपालले २०७९ माघ १० गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० माघ ९ गतेसम्म बाहल रहनेछ ।