बीमा गरेपछि विपन्न परिवारले क्षतिको क्षतिपूर्ति बीमा कम्पनीबाट पाउँछन्, मिटर ब्याजीकोमा जानु पर्दैन: अध्यक्ष सिलवाल

२३ चैत्र २०७९, बिहीबार १७:३५

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कारोवार कम भए पनि बीमाप्रतिको विश्वसनीयता कायम हुनेगरी बीमा व्यवसाय गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका थिए ।
नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशस्थित बीमकहरुका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचारीहरुसँग आज भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दैै अध्यक्ष सिलवालले बीमालेख नवीकरणमा विशेष ध्यान दिन कम्पनीहरुलाई निर्देशन दिएका थिए ।

अध्यक्ष सिलवालले भने, “मधेश प्रदेशमा बीमाको पहुँच ८ प्रतिशत मात्र छ । मधेशमा बीमाको पहुँच बढाउन बीमा कम्पनीहरु नयाँ ढङ्गले अगाडि बढ्नुप¥यो । योग्य र दक्ष बीमा अभिकर्ताका माध्यमबाट बीमा व्यवसाय गर्नाले बीमाको पहुँच बढ्छ, त्यसतर्फ ध्यान दिनुप¥यो । बीमा गरेपछि विपन्न परिवारले क्षतिको क्षतिपूर्ति बीमा कम्पनीबाट पाउँछन्, मिटरब्याजीकोमा जानु पर्दैन । तसर्थ, बीमाले मिटरब्याजीलाई निरुत्साहित गर्छ ।”

अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रदेश प्रमुख र शाखा प्रमुखहरुले नयाँ बीमालेख र बीमाशुल्कमा मात्र ध्यान दिनु भएन, बीमालेख नवीकरणमा पनि ध्यान दिनुप¥यो । ल्याप्स र सरेण्डरको अवस्था आउन नदिने गरी काम गर्नुप¥यो ।”

अध्यक्ष सिलवालले बीमा व्यवसायमा देखिएका समस्याहरुको समाधानका लागि विकल्प सहित आउन आग्रह गर्दै सोही अनुरुप समस्या समाधान गर्न प्राधिकरण तयार रहेको बताए ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबी भुक्तानीलाई छिटोछरितो बनाउन र अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका थिए ।
यसैगरी, नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (निप्स), बीरगञ्जका पदाधिकारीहरुसँग भएको छलफलमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले वित्तीय जोखिमाङ्कनमा सुधार गर्न र व्यवसायिक दक्षताका साथ काम गर्न निर्देशन दिएका थिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम संचालन प्राधिकरणको मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले गरेको थियो । कार्यक्रममा बीमा कम्पनीका प्रदेश, शाखा तथा उप–शाखा कार्यालयहरुका प्रमुख र कर्मचारीहरु, निप्स, बीरगञ्जका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*