बीमा कम्पनीबाट अभिकर्ताले लिएको कर्जामा बीमा प्राधिकरणको निगरानी
काठमाडौं । अभिकर्तालाई दिएको कर्जाको बिषयमा नेपाल बीमा प्राधिकरणले निगरानी बढाएको छ। बीमा कम्पनीहरुलाई अभिकर्तालाई दिएको कर्जाको विवरण पेश गर्न बीमा प्राधिकरणले निर्देशनले दिइसकेको छ। हाल बीमा कम्पनीहरुमा आवद्ध बीमा अभिकर्ताले कर्जाहरूको विवरण माग गरिएको सकेको छ ।
बीमा कम्पनीहरुले लिएका चार पाङ्ग्रेस कार कर्जा, मोटरसाइकल कर्जा, घर कर्जा, अभिकर्ता विशेष कर्जा, नगद कर्जा र अन्य कर्जाको शिर्षकमा गरिएका लगानीको तथ्याङ्क पेश गर्न निर्देशन दिएको छ ।यसअघि पनि बेलाबेलामा प्राधिकरणले बीमा कम्पनीहरुलाई अभिकर्तालाई बिना सुरक्षण कर्जा वितरणमा रोक लगाउन निर्देशन दिँदै आएको थियो ।
तर, कम्पनीहरुले प्राधिकरणका विभिन्न निर्देशनलाई नै लत्याउँदै आएका थिए । प्राधिकरणले बीमा अभिकर्तालाई दिएको कर्जाको सम्पूर्ण विवरण प्राधिकरणका बुझाउन निर्देशन दिइसकेको छ ।प्रोत्साहनबाहेक विभिन्न शीर्षकका कर्जाहरू अभिकर्तालाई दिन नपाइने व्यवस्था भएपनि कम्पनीहरुले धमाधम कर्जा दिईरहेको पाइएपछि निगरानी गर्न कम्पनीहरुलाई कुन शिर्षकमा कस्तो कर्जा दिइएको भन्ने विवरण पठाउन लगाइएको प्राधिकरणका एक अधिकारीले बताए ।।
‘बीमा कम्पनीहरुले आफ्नो व्यवसाय विस्तारका लागि कमिसन वा प्रोत्साहन दिन पाइने भएपनि विभिन्न शिर्षकमा विना सुरक्षण ठुलो रकम कर्जा पनि दिने गरेको पाईएको छ,’ ती अधिकारीले भने, ‘हामीले कम्पनीहरुलाई चिठी काटेरै यस्तो कर्जा वितरण रोक्न र हालसम्म वितरण गरिएको कर्जाको विवरण प्राधिकरणमा पठाउन भनेका हौं ।’