खप्तड लघु्वित्तले डाक्यो तेस्रो साधारण सभा, मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित हुने
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले तेस्रो साधारण सभा वैशाख १६ गते शनिबार होटल नमस्ते, अत्तरीयामा दिउँसो १ बजे बस्नेगरी डाकेको हो ।
सो सभाले वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, खप्तड लघुवित्त र धौलागिरी लघुवित्तबीच मर्जर सम्बन्धी कार्य अन्तिम चरणमा रहेकाले मर्जरपश्चात बन्ने तदर्थ समितिमा सर्वसाधारणको तर्फबाट एक जना संचालक पठाउने समझदारी भएअनुरुप उक्त तदर्थ समितिमा सर्वसाधारणको तर्फबाट प्रतिनिधित्वको लागि नाम पठाउन र मर्जर सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।
यसका अलावा सो सभामार्फत गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरिनेछ ।
साथै संस्थाको संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने सभाको एजेण्डा समेत रहेको छ । साधारण सभा प्रयोजनका लागि संस्थाले वैशाख १ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ चैत ३० गतेसम्म कायम शेयरधनीहरु मात्रै सभामाउ उपस्थित हुन पाउनेछन् ।