प्रभु क्यापिटलले सेन्ट जेभियर्स कलेजका विद्यार्थीलाई शेयर बजार सम्बन्धि ज्ञान प्रदान गर्ने

२२ चैत्र २०७९, बुधबार १६:४१

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले सेन्ट जेभियर्स कलेजका विद्यार्थी सेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने भएको छ ।

आज (चैत २२ गते) एक कार्यक्रमबीच प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच यस्तो समझदारी बनेको हो। समझदारीपत्रमा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र सेन्ट जेभियर्स कलेजका प्राध्यापक फादर डा. अगस्टिन थोमस एसजेले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा प्रभु क्यापिटलका तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र श्रीया कुटु तथा सेन्ट जेभियर्स कलेजका तर्फबाट उपप्राध्यापक सलुजा चन्द तथा व्यवस्थापन विभाग प्रमुख महप्रसाद श्रेष्ठको उपस्थिति थियो ।

समझदारीबमोजिम प्रभु क्यापिटलले सेन्ट जेभियर्स कलेजका व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापनसहित पुँजीबजारको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्नेछ। विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो सहकार्य गर्ने सम्बन्धमा समझदारी बनेको क्यापिटलले जनाएको छ ।

सम्झौताअनुसार प्रभु क्यापिटलले कलेजका विद्यार्थी र कर्मचारीलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने र विद्यार्थीको आवश्यकताबमोजिम पुँजीबजारसम्बन्धी सामान्य, आधारभूत तथा प्राविधिक विश्लेषणसम्बन्धी ज्ञान प्रदान गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*