यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२२ चैत्र २०७९, बुधबार १५:०३
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । प्रि–ओपनिङ सेसनमा नेप्से सूचक घटेपनि मार्केट क्लोज हुँदासम्म ८ अंकले बढेर १८७४ को विन्दुमा कायम हुन पुगेको हो ।
शेयरबजारमा सामान्य सुधार देखिएतापनि कारोबार रकम भने सन्तोषजनक देखिएको छैन । आज जम्मा ८१ करोड ४ लाख रुपैयाँमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको ६ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको २ करोड ३२ लाख, गुराँस लाइफ इन्स्योरेन्सको २ करोड १७ लाख, एनआइसी एशिया बैंकको १ करोड ८५ लाख र हिमालयन डिष्टिलरीको १ करोड ५० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।