जीवन विकास लघुवित्तका सिइओ सञ्जय कुमार मण्डलले कति बुझ्छन् तलब भत्ता ?
काठमाडौं । धितोपत्र दोस्रो बजारमामा लगानीकर्ताहरुको रोजाइमा पर्न सफल जीवन विकास लघुवित्त वित्तीय संस्थाको चौथौं वार्षिक साधारण सभा यहि चैत ३० गते बस्दैछ ।
संस्थाले आफ्ना शेयरधनीहरुका लागि गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन समेत सार्वजनिक गरिसकेको छ । सार्वजनिक प्रतिवेदनअनुसार लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्जय कुमार मण्डलको वार्षिक तलब भत्ता ४४ लाख ३ हजार ४५९ रुपैयाँ देखाइएको छ ।
उक्त वार्षिक साधारण सभाबाट वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ । सो सभामार्फत् सिइओ मण्डलले ४४ लाख रुपैयाँ वार्षिक तलब भत्ता बुझ्नेछन् । जसमा तलब स्वरुप २४ लाख ३० हजार रुपैया र भत्ता स्वरुप ३ लाख ६० हजार रुपैया बुझ्नेछन् ।
यसका साथै संचयकोष थप अन्तर्गत २ लाख ४३ हजार, बोनस स्वरुप ८ लाख ९७ हजार ९०५ रुपैयाँ, औषधी वापतको खर्च १ लाख ३३ हजार १५० रुपैयाँ, बीमा खर्च वापत ९५ हजार ६१६ रुपैयाँ, पोशाकबापत ८ हजार, विदा स्वरुप ३३ हजार २८८ रुपैयाँ, दशैं भत्ता स्वरुप २ लाख २ हजार ५०० रुपैयाँ गरी कुल ४४ लाख ३ हजार ४५९ रुपैयाँ बुझ्नेछन् ।
चैत ३० गते हुने वार्षिक साधारण सभाले संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको १४.२८५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७१४ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।