थ्री स्टार हाइड्रोपावरले १२ लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति
२२ चैत्र २०७९, बुधबार १२:२७
काठमाडौं । थ्री स्टार हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । बोर्डले चैत्र १७ गते कम्पनीलाई शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।
बोर्डबाट अनुमति पाएसँगै कम्पनीले १२ करोड ३१ लाख २५ हजार बराबरको १२ लाख ३१ हजार २ सय ५० कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी दुई चरणमा आइपीओ निष्काशन गर्नेछ । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।