प्रुडेन्सियल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट ब्यवसाय गर्ने प्रस्ताव पारित

२२ चैत्र २०७९, बुधबार १६:३४

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष विशाल अग्रवालको अध्यक्षतामा होटेल इच्छा, सिमरा, बारामा सम्पन्न भएको हो ।

सो सभाले आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी संचालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।

साथै आइएमई जनरल इन्स्योरेन्स र प्रु्डेन्सियल इन्स्योरेन्सबीच एक आपसमा गाभिए पश्चात् बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम “आइजीआई प्रु्डेन्सियल इन्स्योरेन्स लिमिटेड’ कायम गरी सो नामबाट निर्जीवन बीमा व्यवसाय गर्ने प्रस्ताव समेत पारित भएको छ ।

त्यस्तै, आइएमई जनरल इन्स्योरेन्स र प्रु्डेन्सियल इन्स्योरेन्स कम्पनीबीच गाभ्ने।गाभिने प्रयोजनका लागि मुल्याङ्गन कर्ताबाट प्राप्त चल।अचल सम्पत्ति दायित्व तथा कारोबारको मुल्याङ्कन प्रतिवेदन स्वीकृत भई उक्त मुल्याङ्कन प्रतिवेदनको आधारमा निर्धारण गरिएको शेयर अनुपात १ः१ कायम गर्ने गरी गाभ्ने।गाभिने कार्यलाई अन्तिम स्वीकृत प्रदान गरिएको छ ।

कम्पनीका अध्यक्ष विशाल अग्रवालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा सभालाई जानकारी गराए ।
सभामा अध्यक्ष अग्रवालले हालको बीमा बजार तथा सोमा नियमन निकायबाट चुक्ता पूँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्येनजर गरी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड र आइएमई जनरल इन्स्योरेन्स लिमिटेड गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौता भई सोही बमोजिम आजको विशेष साधारण सभा बोलाइएको जानकारी दिए ।

साथै दुई कम्पनी गाभिएपश्चात् बन्ने कम्पनी ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड’ को चुक्ता पूँजी ३ अरब २ करोड ९३ लाख ३४ हजार ६ सय ३९ हुने र कम्पनी गाभिए पश्चात हुने कम्पनीको अन्तराष्ट्रिय, राष्ट्रिय, स्थानिय पहुँच, अनुभव, क्षमतलाई बढी भन्दा बढी उपयोग गरी ७ वटै प्रदेशमा रहने शाखा संजाल लगायत डिजिटलको माध्यमबाट समेत उत्कृस्ट सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीहरु एक आपसमा गाभिने निर्णय गरिएको जानकारी गराए ।

नेपालमा रहेका २ उत्कृस्ट व्यवसायी घराना विशाल ग्रुप र आइएमई ग्रुप साथै संस्थासँग आवद्ध अन्य व्यावसायिक घराना सम्मिलित कम्पनीले भविष्यमा उत्कृष्ट व्यवसाय हासिल गरी शेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा कम्पनीहरु गाभिए पश्चात बन्ने कम्पनीको अधिकृत पूँजी ५ अरब र चुक्ता पूँजी ३ अरब २ करोड, शाखा संजाल ८४, कर्मचारी संख्या ५१७ हुने, त्यसै गरी व्यवसाय करिब ४ अरब हुने जानकारी समेत सभालाई गराए । त्यसै गरी नियमन निकायबाट निकट भविष्यमा सुरु हुन लागेका जोखिममा आधारित पूँजीेको आधारमा व्यवसाय विस्तार गर्न पनि सहज हुने व्यहोरा समेत जानकारी गराए ।

संस्था गाभिए पछि पूँजीगत आधार सुदृढ हुनेछ साथै कम्पनीको वित्तीय अवस्था थप सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बन्ने र निर्जिवन बीमा क्षेत्रको विकास तथा बीमितको हक हित संरक्षणमा संस्था सफल हुनेछ । गाभिए पश्चात प्राविधिक र अन्य क्षमता, अनुभव र विज्ञता भएको मानव संशाधन एकआपसमा मिलेर संस्थालाई थप बल पुग्ने छ भने अनुभव आदान प्रदान भै गुणात्मक उपलब्धि हासिल हुनेछ । जसले संस्थाको वित्तीय जग बलियो हुने, शेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्दै पूँजी संरचना अनुसार गुणस्तरीय व्यवसाय गर्न कम्पनी सफल हुनेछ । गाभ्ने÷गाभिने (मर्जर) कार्यले आगामी दिनमा शेयरधनीहरु तथा सम्पूर्ण सरोकारवालाहरू हालको तुलनामा बढी भन्दा बढी लाभान्वित हुने बारेमा सभालाई जानकारी गराए ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*