(न)आफ्नैबाट प्रधानमन्त्री प्रचण्डलाई सुरक्षा थ्रेट, बालुवाटारस्थित प्रम प्रचण्डको ओछ्यानसम्म अनाधिकृत पहुँच !

२२ चैत्र २०७९, बुधबार ११:४७

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको व्यक्तिगत कुनै नाता नभएको तर आफ्नै छोरा भन्दै भावनासँग खेलवाड गर्दै आएका व्यक्तिबाट प्रधानमन्त्री प्रचण्डको सुरक्षा थ्रेट बढेको छ । प्रधानमन्त्रीको बालुवाटारस्थित निजि निवासका उनकै सचिवालयका टिमबाट सुरक्षा थ्रेट बढ्दा समेत प्रम प्रचण्ड भने अनभिज्ञ रहँदै आएका छन् ।

नेपालका बिचौलियादेखि विदेशी खुफिया एजेन्सीसम्मको सम्पर्कमा रहेका प्रधानमन्त्री प्रचण्डका आईटीविज्ञ प्रकाश रायमाझीका बालुवाटारमा प्रधानमन्त्री प्रचण्डको गोप्यता भंग हुँदै आएको छ भने सुरक्षा थ्रेट समेत बढेको छ । रामेछाप घर भएका रायमाझी जनयुद्धमा प्रत्यक्ष सहभागी पात्र होइनन् र भने माओवादी पार्टीभित्र खास भुगोलको जिम्मेवारी पाएका व्यक्ति पनि होइनन् ।

केही वर्ष पहिले लाजिम्पाटस्थित माओवादीका नेता प्रचण्डको निवासमा चिनियाँहरुले भ्रमण गरेर भान्सा कोठासम्म अनुगमन गरेका थिए । कुटनीतिक रुपमा त्यसको अर्थ थियो, ‘प्रचण्डको भान्सा असुरक्षित ।’ त्यसरी चिनियाँहरुले भान्सामा पुगेर चासो राखेको १० वर्षपछि आज प्रचण्डका परिवारका महत्वपूर्ण सदस्य गुमाएका छन् भने अर्का सदस्य सम्भवतः अब होसमा फर्कन निकै कठिन छ ।

रायमाझीलाई गत फागुन १ गते आईटी विज्ञका रुपमा नियुक्त गरिएको थियो । सो अनुसार केही दिन पोष्टर बनाएर प्रचण्डको पक्षमा माहौल बनाए पनि सिंहदरवारमा बस्नुपर्ने रायमाझी बालुवाटारमा बसेर प्रम प्रचण्डको चोटाकोठा चाहारीरहेका भेटिन्छन् ।

देशमा परिवर्तनका लागि सशस्त्र विद्रोह गरेका प्रचण्डले आफ्नै सुरक्षा संवेदनशिलतामा ध्यान दिएको, बिचौलियादेखि दलाल र विदेशी एजेन्टहरुलाई सहज पहुँच दिएको आरोप लाग्दै आएको छ । जसका कारण माओवादी पार्टीको गोप्यता फुटको घैंटोमा पानी भरेको अवस्था छ भने पार्टीभित्र कलह र किचलो बढ्दै गइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डको भित्री कोठा मात्रै नभएर ओछ्यानसम्म अनाधिकृत पहुँच हुँदा प्रधानमन्त्री प्रचण्डसँग छिमेकी मुलुक चीनले पूर्ण रुपमा विश्वास गर्न सकिरहेको छैन । प्रधानमन्त्री प्रचण्ड सुत्ने कोठासम्म परिवारका विशेष मानिसलाई मात्रै अनुमति हुनुपर्नेमा कुनै नाता नपर्ने र आईटी विज्ञ भन्दै सचिवालयमा काम गर्दै आएका प्रकाश रायमाझीको पहुँच हुनुले विषयवस्तु निकै गम्भिर बनेको देखिएको छ । केही वर्ष पहिले प्रचण्डले आफ्नो ज्यानको खतरा रहेको कुरा पटक पटक गर्दै आएका थिए ।

अहिले प्रचण्डको परिवारमा अहिले छोरी गंगा दाहाल आफै सक्रिय भएर लागेकी छिन् । तर, परिवारका सदस्य भन्दा बाहिरका व्यक्तिलाई गंगा दाहालले किन रोक्न नसकेको भन्ने प्रश्न उठेको छ । प्रधानमन्त्रीका चोटाकोठा, भान्सा र ओछ्यानसम्म अनाधिकृत व्यक्तिको पहुँच रोक्न नसक्ने हो र त्यसबाट कुनै अप्रिय अवस्था सिर्जना भएमा त्यसको दोषी को हुने ? नेपाली सेनाका उच्च अधिकारीको घेरामा रहने प्रधानमन्त्रीकै गोप्य कोठाहरु असुरक्षित हुन थालेको विषय नेपाली सेनाभित्र किन उठेन ? अर्को आश्चर्यको विषय बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*