राष्ट्रिय बीमा कम्पनीको संचालकमा विश्वराज बराल नियुक्त
२२ चैत्र २०७९, बुधबार १०:२१
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालकमा विश्वराज बराल नियुक्त भएका छन् । सस्थापक शेयरधनी नेपाल बैंक लिमिटेडको पत्रानुसार बराललाई कम्पनीको संचालक समितिमा चयन गरिएको हो ।
बैंकको प्रतिनिधित्व हुने व्यवस्था भएबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि समितिको संचालक सदस्य रहने गरी चैत ६ गते कम्पनीको संचालक समितिको अध्यक्षबाट पद तथा गोपनियताको सपथ ग्रहण गरी पद बहाली गरेका छन् ।