पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, पोर्नस्टारलाई दिएको रकमको औचित्य पुष्टि नहुँदा चल्यो मुुद्दा

२२ चैत्र २०७९, बुधबार ०७:२८

काठमाडौं । अमेरिकाकी राष्ट्रपतिहरुको इतिहासमा पहिलो पटक डोनाल्ड ट्रम्पलाई प्रहरीले पक्राउ गरेको छ । पोर्नस्टारलाई दिएको रकमको औचित्य र स्रोत खुलाउन नसकेका लगायतका ३४ वटा आरोपमा छानविनका लागि नेपाली समय अनुसार हिजो राति अबेर पक्राउ गरिएको हो ।

अमेरिकी सञ्चार माध्यम न्यूयोर्क टाइम्सका अनुसार औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको छ । ७६ बर्षिय पूर्व राष्ट्रपति प्रहरीको हिराशतमा पुग्ने पहिलो राष्ट्रपति हुन् । उनीमाथि ३४ आरोप लागेका छन् । जसमा पोर्न स्टार, कानुन व्यवसायीलाई औचित्य बिना नै भुक्तानी दिई आफ्नो पक्षमा धारणा बनाउन प्रयोग गरेको आरोप लगायतका छन् ।

त्यस्तै, राष्ट्रपति कार्यालयबाट कागजात लुकाएको र निर्वाचनमा पराजित भएपछि संसद भवनमा आक्रमण गर्न उक्साएको आरोप समेत अमेरिकी अदालतमा लगाएर मुद्दा दर्ता गरिएको थियो । अमेरिकाको म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको बताएको बीबीसीले जनाएको छ ।

ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई एक लाख ५० हजार डलर भुक्तानी दिएको । कुन काम प्रयोजन नखुलाई अन्य अश्लिल चलचित्र बनाउने मोडललाई भुक्तानी दिएको आरोप पूर्व राष्ट्रपति ट्रम्पमाथि लागेको छ । उनले व्यवसायको क्रममा अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति आर्जन गरेको आरोप समेत उनीमाथि लगाइएको छ ।

उनी रिपब्लिकनको तर्फबाट यसअघिको कार्यकाल राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले उत्तर कोरियाका सर्वोच्च नेता किमलाई सिंगापुरमा भेटवार्ता गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*