काठमाडौंमा राष्ट्रिय सहकारी महासंघको तेश्रो राष्ट्रिय महासम्मेलन हुँदै

२१ चैत्र २०७९, मंगलवार १८:०६

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले तीन दिने तेश्रो राष्ट्रिय महासम्मेलन गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको संयुक्त आयोजनामा महासंघले आगामी चैत २३ गतेदेखि २५ गतेसम्म महासम्मेलन गर्न लागेको हो ।

मंगलबार पत्रकार सम्मलेन गर्दै महासंघले सहकारीको दिगोपनाका लागि स्वनियमन तथा सुशासन भन्ने थिमका साथ उक्त सम्मलेन गर्ने जानकारी गराएको हो । महासम्मेलनको उद्घाटन चैत २३ गते सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ गर्ने छन् भने समापन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।

सम्मलेनम दक्षिण एसियाका अरू देशहरूमध्ये राष्ट्रको विकास प्रकृयामा नेपालको सहकारी अभियानको प्रभाव महत्वपूर्ण रहदै आएकोले यो महासम्मेलनलाई एसिया प्यासिफिकका देशहरूले समेत महत्व दिइरहेका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उद्घाटन सत्रमा नेपालको अर्थतन्त्र र सहकारीको विषयमा मुख्य वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम समेत छ ।

साथै अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल ग्वार्कोले भर्चुअल रूपमा महासम्मेलनलाई सम्बोधन गर्नुहुने छ । त्यसैगरी अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रका अध्यक्ष चन्द्रपाल सिंह यादव, अल चाइना फेडरेसन अफ सप्लाई एण्ड मार्केटिंग कोअपरिभ लि. का उपाध्यक्ष काई नहोंग, नेशनल एग्रिकल्चर को अपरिटिभ फेडरेशन, दक्षिण कोरिया उपाध्यक्ष जे सिक लि. जापानिज कन्जुफा कोअपरेटिभ युनियनका उपाध्यक्ष सितोसे अराई, नेडाकका अध्यक्ष तथा आइएस एमडी पंकज कुमार वन्स्याल समेत महासम्मेलनमा सहभागी हुनुहुने छ । महासम्मेलनमा करीब १ हजार जनाको सहभागीता रहने जनाएको छ ।

महासम्मेलनमा ११ वटा विषयमा व्यापक छलफल हुनेछन् । जसमा पूर्व अर्थमन्त्री, मन्त्रीहरू, पूर्व गर्भनर, सचिवहरूसहित अन्तर्राष्ट्रिय सहकारी विज्ञहरूको प्रस्तुति रहने छ । महासम्मेलनमा अस्ट्रेलिया, जापान, भारत लगायतका विज्ञहरूको पनि महत्वपूर्ण प्रस्तुति रहेको छ । ७३ लाख भन्दा वढी सदस्यहरू आवद्ध रहेको नेपाली सहकारी अभियानमा ५६ प्रतिशत महिला सदस्य रहेका छन् र १ लाख भन्दा वढी जनाले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरिरहेको नेपालको सबैभन्दा बृहद संजाल विस्तार भएको सहकारी क्षेत्रको योगदानहरूलाई संस्थागत गर्दै बर्तमान वित्तीय प्रणालीमा देखिएको संकटका मुद्दाहरूको संवोधन गर्नुका साथै महासम्मेलनले सन् २०३० सम्मका लागि अभियानको स्पष्ट रणनीतिक गन्तव्य तय गर्नेछ ।

नेपालमा ३०,८७९ प्रारम्भिक सहकारी संस्था, ३११ जिल्ला स्तरीय सहकारी संघहरू, ९ प्रदेश स्तरीय सहकारी संघहरू, १८ विषयगत केन्द्रीय सहकारी संघ, एक राष्ट्रिय सहकारी बैक र अभियानको शीर्षस्थ निकायका रूपम राष्ट्रिय सहकारी महासंघ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*