ग्लोबल हाइड्रोपावरले ५८ करोडको आइपीओ जारी गर्ने, मेगा क्यापिटलले प्रत्याभूति सेवा उपलब्ध गराउने
काठमाडौं । ग्लोबल हाईड्रोपावर एसोशिएट््स लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले साधारण शेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नको लागि मेगा क्यापिटल मार्केट्स लिमिटेड तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडसँग सम्झौता गरेको छ । आज एक कार्यक्रमका बीच ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा ग्लोबल हाईड्रोपावर एसोशिएट््स लिमिटेडका प्रमुख वित्त अधिकृत पुर्ण मान नापित, मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख – मार्केटिङ्ग विभाग गिरी राज पोखरेल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनिल कुमार महर्जन समेतको उपस्थिति रहेको थियो ।