नेप्सेमा महिला लघुवित्तको बोनस शेयर सूचीकृत
२१ चैत्र २०७९, मंगलवार १५:१३
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । महिला लघुवित्त वित्तीय संस्थाको साधारण सभाबाट पारित भएको ४७.५० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
४७.५० प्रतिशत दरका कुल ७ लाख ६२५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।