शिवम् सिमेन्ट्सहित यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२१ चैत्र २०७९, मंगलवार १५:०३
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स ६ अंकले घटेर १८६५ को विन्दुमा कायम हु्न पुगेको छ ।
शेयरबजारमा आज ९१ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको ३ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको ३ करोड २८ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ करोड ८६ लाख, हिमालयन बैंकको २ करोड ५५ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको २ करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।